कोप कार्ड (ATM Card)जारी गरिएको बारे सुचना ।।।

10/22/2024 9:35:07 PM

हाम्रो साकोसद्धारा शेयर सदस्यहरुको सेवा सुविधाको निम्ति कोप कार्ड सेवा जारी गरिएको छ । यस कार्ड सुविधाबाट सदस्यहरुले आफुलाई आवश्यकता भए बमोजिम जुनसुकै बेला विभिन्न स्थानमा रहेको सबै प्रकारको ए.टि.एम मेसिनबाट रकम निकाल्न सक्नुहुनेछ । संस्थाका शेयर सदस्यहरुलाई विदा तथा कार्यालय समय भन्दा बाहेक पनि आवश्यक रकम निकाल्न सहज होस र कार्यालय समय अनुसार भन्दा पनि आफ्नो समय अनुकुलता अनुसार पैसा झिक्न सहजता होस भन्ने हेतुले यस सेवाको शुभारम्भ गरिएको छ । यस कार्डको प्रयोग नेपाल र भारतका जुनसुकै मेसिनबाट पैसा झिक्न र कुनै पनि सामग्री खरिद गरे वापत POS मेसिनबाट रकम भुक्तानी गर्न सक्नुहनेछ । यस सेवाको उपयोग गर्नको निम्ति नजिकैको सेवा केन्दमा सम्पर्क गरि प्रयोग गर्न सक्नुहुनेछ ।

)