हाम्रो साकाेसले रजत वर्ष प्रवेशकाे अवसरमा २५ कार्यक्रम गर्ने

10/22/2024 9:35:08 PM

हाम्रो बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५औं वर्षमा प्रवेश गरेको छ । २०५५ फागुन १३ गते स्थापना भएको उक्त संस्थाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेको प्रमुख आतिथ्यतामा संस्थाले २५औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले सहकारीको नाम राखेर उद्देश्य विपरित काम गर्ने संएस्थामा अहिले समस्या आएको बताए ।

मुलुक संघीयतामा गएपछि राष्ट्रबैंकले वित्तीय पहुँच पु¥याउन प्रत्येक पालिकामा बैंकको उपस्थिति हुनै पर्ने व्यवस्था ग¥यो, उनले भने, तर कतिपय सहकारी संस्थाले देशभरि नै कार्यक्षेत्र लिएर बैंकभन्दा अगाडि दौडिएका छन्, त्यो कसरी सहकारी हुन सक्छ ? सहकारीको बचत अध्यक्षले कम्पनी खोलेर परिचालन गरेको भन्दै उनले त्यसले गर्दा कतिपय सहकारीका सदस्यको बचत जोखिममा परेको जनाए ।

सहकारी विभागले गलत गर्ने संस्थालाई नछाड्ने र केहि संस्थाका सञ्चालकहरुलाई विदेश जान समेत रोक लगाइसकेको उनको भनाई छ ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले समस्याबाट भाग्ने भन्दा पनि समस्या समाधानमा सबैपक्ष लाग्नुपर्ने बताए । ललितपुरका कुनै पनि सहकारीमा समस्या आयो भने हाम्रो साकोसले समन्वय गरेर समाधानमा पहल गर्न उनले सुझाव दिए ।

अहिले सहकारी क्षेत्रलाई सकारात्मक सन्देशको आवश्यकता परेको भन्दै उप्रेतीले त्यसका लागि राज्यले पनि सहकारी बचाउन सहयोगी भूमिका खेल्नुपर्ने बताए । सहकारीमा बचतको सीमा तोक्ने कुरा गलत भएको र यसले सहकारीलाई संकुचित बनाउने भन्दै उप्रेतीले सहकारी ऐनको दफा ५२ संशोधन आवश्यक नरहेको प्रष्ट पारे ।

कार्यक्रममा अतिथिको रुपमा बोल्दै नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले उद्यमशीलता विकार र आयश्रृंखलामा सदस्यालाई जोड्ने काम सहकारीले गर्नुपर्नेमा जोड दिए । नेफ्स्कुनको स्कुलिङ र वित्तीय सुशासनमा रहेको धेरै सहकारी समस्यामा नपरेको उनले बताए । नेफ्स्कुनले स्तरीकरण कार्यक्रम ल्याएको र कुनै संस्था दुर्घटनामा जान लागेको अवस्थामा स्थिरिकरण कोषले रेस्क्यु गर्ने हुँदा यी दुई अभियानको महत्वपूर्ण पाटो भएको उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले २०५५ सालमा ४९ सदस्य र २ लाख ४५ हजार पुँजीबाट सुरु भएको संस्थामा हाल ७ हजार सदस्य र १ अर्ब ७० करोड वासलात पुगेको बताए ।

ललितपुर जिल्लाबाट शुरु भएको संस्थाको कार्यक्षेत्र हाल काठमाण्डौ र ललितपुर समेत भएको बताउँदै उनले सदस्यहरुको विश्वासलाई जितेर संस्था अगाडि बढेको बताए । सदस्यहरुलाई कसरी व्यवसायिक बनाउने र आर्थिक रुपमा सबल बनाउने भन्ने ध्येयका साथ संस्था लागि परेको उनले बताउ । ललितपुरको ग्रामीण क्षेत्रका र पाटन बजारमा रहेको सदस्यको आवश्यकता फरक रहेको भन्दै उनले सबै सदस्यहरुको वित्तीय आवश्यकतालाई पूरा गर्नतर्फ अग्रसर रहेको उनले बताए । संस्थाले यस अवधिमा ४ वटा संस्थालाई एकिकरण गरिसकेको छ ।

सबै सहकारीलाई एउटै बास्केटमा हाल्दा सदस्यहरुको विश्वास जोगाउन कठिन हुने हुँदा सबै सहकारी खराब छैनन् भन्ने सन्देश राज्यले दिनुपर्ने उनको माग छ । अहिले अर्थतन्त्रमा समस्या आएकाले सदस्यहरुले ऋणको साँवाब्याज तिर्न समस्या भएको अवस्थामा संस्थाले उनीहरुले सहज रुपमा कसरी किस्ता तिर्न सक्छन् भनेर सहजिकरण गर्दै आएको बताए । विषम वित्तीय परिस्थितिका बीचमा पनि सदस्यहरुको आवश्यकता अनुसार बचत फिर्ता गर्दै आएको छ । संस्थाले जोखिम विश्लेषण गरेर मात्र ऋण दिएकाले लगानी सुरक्षित भएको उनले दावी गरे ।

संस्थाले यो वर्षभर सदस्य केन्द्रीत २५ कार्यक्रम गरी रजत जयन्ती मनाउने संस्थाका प्रमुख कार्यकारी अधिकृत ईन्द्र घिमिरेले जानकारी दिए । संस्थाले सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यले सफा ट्याम्पो चलाउन पहिलो चरणमा १५ जनालाई तालिम दिने सम्झौता गरेको छ । वर्षभर ५० जनालाई सवारी चालक तालिम दिने योजना सहित स्वरोजगारीका लागि सिप कार्यक्रम शुभारम्भ गरेको उनले जनाए । संस्थालाई सीप बैंकको रुपमा विकास गर्ने र सदस्यहरुको सीपलाई उपयोग गरी आर्थिक रुपमा सबल बनाउने संस्थाको योजना रहेको उनले बताए । 

सो अवसरमा संस्थापक देखि वर्तमान सञ्चालक एवं कर्मचारीलाई पुनर्मिलन गराई सम्मान समेत गरिएको छ । संस्थाले यसै वर्ष आफ्ना ५ हजारसदस्यमाझ विभिन्न कार्यक्रम लगेर प्रत्यक्ष भेट गरी सदस्य शिक्षा संचालन गर्ने योजना राखेको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले मंगलबजारमा रक्तदान गरेको थियो । रक्तदानमा करिब ६० जना सहभागी थिए । त्यसैगरी संस्थाले रजत जयन्ती प्रतिक चिन्ह अनावरण गरेको छ । 

)