शेयर सदस्य तथा सदस्यका छोराछोरीलाई हाम्रो साकोसको शैक्षिक सम्मान

10/22/2024 9:35:08 PM

हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका सदस्य तथा सदस्यका छोराछोरीलाई हाम्रो साकोस शैक्षिक सम्मान तथा वित्तीय प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको अध्यक्षतामा नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।

माध्यमिक शिक्षा तथा सो भन्दा माथिका सबै परिक्षामा गत वर्ष उतीर्ण हुने संस्थाका सदस्य तथा सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै एसइइ, माध्यमिक तह, स्नातक तह, स्नात्तकोत्तर तहमा सबैभन्दा बढि अंक हासिल गर्नेलाई नगद पुरस्कार सहित सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा प्रविधिक परिक्षा, चार्टर्ड एकाउन्टेन्टलाई हाम्रो सकोस उत्कृष्ट शैक्षिक सम्मान प्रदान गरिएको थियो । त्यस्तै एमविविएस, एमफिल र विद्याबारिधी प्राप्त गर्नेलाई हाम्रो साकोस विशेष शैक्षिक सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा ११० जनालाई सम्मान गरिएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले Hundred Tips of saving for financial wellness of Members and employees of SACCOS र राष्ट्रिय सहकारी बैंकका आइटि विभाग प्रमुख नविन कुमार कार्कीले Empowering members with digital products विषयमा सहजीकरण गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि सापकोटाले संस्था र सदस्यबीच निरन्तर अन्तक्रिया गरेमा संस्थाले सदस्य र सदस्यले संस्था चिन्न सक्ने बताए । संस्थागत सुशासनका लागि पहिलो आवश्यक्ता नै सदस्य शिक्षा र तालिम भएकोले वित्तीय, शिक्षा तथा तालिम र विस्तारित मञ्चहरु निरन्तर सञ्चालनका लागि सुझाव दिए । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले सदस्यहरुको सुझावहरुलाई महत्व दिनुका साथै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेर संस्था सञ्चालन गर्न लागि परेको बताए।

कार्यक्रममा नेफ्स्कुका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, जिल्ला सहकारी संघका कोषाध्यक्ष रुपेश तिमल्सिना, सरकारी सेवामा प्रवेश गर्ने संस्थाका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नेफ्स्कुन तथा सहकारी बैंकका ललितपुर शाखामा भर्खरै सरुवा भई आएका राजेश खड्का र केदारनाथ उप्रेतीलाई स्वागत तथा शाख बाट सरुवा भएका दिनेश गौतम र रमा घिमिरेलाई विदाइ गरिएको थियो ।

संस्थाका उपाध्यक्ष श्यामकृष्ण घिमिरेले स्वागत तथा सचिव हरिप्रसाद बजगाईँले कार्यक्रम सञ्चालन गरेका थिए ।

)